×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व गभर्नर नेपाल चुनाव लड्दै !

PRIME CA
GLOBAL IME BANK

पूर्व गभर्नर नेपाल चुनाव लड्दै !

१७ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिवी नेपाल आगामी मंसिर ४ गतेको निर्वाचनमा भाग लिने उम्मेदवारको सिफारिसमा परेका छन् । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले डा.नेपालको नाम पाल्पाबाट सिफारिस गरेको छ ।

कांग्रेसको पाल्पा क्षेत्र नम्बर २ को क्षेत्रिय समितिले नेपालसहित ३ जनाको नाम टिकटको लागि सिफारिस गरेको छ । नेपालसँगै पाल्पा क्षेत्र नम्बर २ बाट प्रदेशमन्त्री विरबहादुर राना र पूर्वसासंद् हरिप्रसाद नेपालको नाम पनि सिफारिस गरिएको छ । सिफारिस भएका ३ जामध्ये डा. नेपालको सम्भावना बढी रहेको क्षेत्रीय समितिका एक सदस्यले बताएका छन् । यद्यपी अन्य दुई जनापनि कमजोर भने होइनन् ।

नेपाल शुसील कोइराला प्रधानमन्त्री हुँदा गभर्नर बनेका थिए । ५ वर्ष गभर्नरको कार्यकाल पुरा गरेपछि नेपाल पछिल्लो समय पाल्पा क्षेत्र नम्बर २ को राजनीतिमा सक्रिय छन् । उनी स्थानीय तह निर्वाचनमा पाल्पामा खटेका थिए । यसपटक पार्टीले उनलाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: