काठमाडौं । सोमबार राष्ट्रपति कार्यालयमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को शुभकामना दिएकी थिईन् ।
शुभकामना दिँदे राष्ट्रपति भण्डारीले संवैधानिक सर्वोच्चता, विधिको शासन, लैङ्गिक हिंसा तथा जातीय भेदभावको अन्त्य, पर्यावरणीय सुरक्षा र मानवअधिकारको सम्मान नेपालका प्राथमिकताका विषय भएको बताईन् । साथै, दिगो विकासका लक्ष्यहरू प्राप्त गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई साकार रूप दिन कृत सङ्कल्पित रहेको जनाउँदै राष्ट्रपति भण्डारीले केही वर्षभित्रै नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुन गइरहेको समेत दाबी गरेकी थिइन् ।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, कायम मुकायम प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख, नेतागण, राजदूत तथा नियोग प्रमुख, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालको कला संस्कृति झल्कने वेशभूषासहित मयूर नाच, सोरठी नृत्य, चण्डालिका नृत्य, लाखे, सकेलालगायत नृत्य प्रस्तुत गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्