×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विशालनगरको अवैध संरचनामा महानगरको डोजर हमला, अटेर गरेपछि भिआईपी स्कुल भत्काइयो (फोटो-कथा)

PRIME CA

विशालनगरको अवैध संरचनामा महानगरको डोजर हमला, अटेर गरेपछि भिआईपी स्कुल भत्काइयो (फोटो-कथा)

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मेयर बालेन्द्र शाहको ‘सुन्दर महानगर’को अभियानलाई पछ्याउँदै नगरप्रहरीसहितको टोली बुल डोजर लिएर काठमाडौँको विशालनगर पुगेर अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको छ ।

महानगरपालिकाले पटक-पटक गरी जानकारी र ताकेता गर्दागर्दै पनि अटेर गरेपछि महानगर आफैले संरचना भत्काएको हो । मंगलबार डोजरसहित विशालनगर पुगेको महानगरको टोलीले नक्साविपरित निर्माण गरिएको मल्पी सिटी स्कुलको पर्खाल र गेट भत्काएको हो ।

‘महानगरले ३५ दिने सूचना जारी गरेको हो । त्यसपछि पनि उहाँहरुले संरचना हटाउनुभएन । पुनः हामीले माईकिङ गरेरै संरचना भत्काउन सूचित गर्यौं । तर, उहाँहरुले संरचना हटाउनुभएन’, महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने, ‘साह्रै अटेर गरेपछि संरचनामा डोजर चलाएका हौँ । उहाँहरुले अटेर नगरी आफै संरचना हटाएको भए डोजर चलाउनुपर्ने स्थिति आउने थिएन ।’ मंगलबार सो क्षेत्रमा रहेका अन्य पसल तथा संरचनामा पनि महानगरले डोजर चलाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: