×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगलागीको चपेटामा विश्वकै ठूलो ‘अमेजन जंगल’, केन्यामा निम्तियो ठूलो संकट, फ्रान्समा पनि उस्तै विपत्ति (फोटो-फिचर)

PRIME CA
GLOBAL IME BANK

आगलागीको चपेटामा विश्वकै ठूलो ‘अमेजन जंगल’, केन्यामा निम्तियो ठूलो संकट, फ्रान्समा पनि उस्तै विपत्ति (फोटो-फिचर)

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो केही दिनयता विश्वका विभिन्न देश आगलागीको चपेटामा परेका छन् । ‘ग्लोबल वार्मिङ’का कारण ब्राजिल, फ्रान्स लगायतका देशहरुमा आगलागीको प्रकोप फैलिएको छ । यसो त ब्राजिलको ‘अमेजन’ विश्वकै ठूलो जंगल हो । त्यसैमाथि आगलागीका कारण यहाँको ठूलो एरिया आगलागीको शिकार भएको छ । हजारौँ बोटविरुवा नष्ट भएका छन् भने, सयौँको संख्यामा वन्यजन्तु जलेका छन् ।

फ्रान्स र ब्राजिलको ठूलो ‘फरेष्ट एरिया’ आगलागीकै कारण सखाप भएको छ । आगलागीकै कारण फ्रान्स र ब्राजिलको वायुमण्डलमा प्रदुषणको मात्रा बढेको छ । हेलिकप्टरको सहायताबाट जंगलमा लागेको आगो नियन्त्रणमा लिईएको छ । यद्यपी केही ठाउँको आगो भने अझैपनि निभाउने प्रयास भईरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै विद्युतीय सर्टका कारण केन्यामा लागेको आगोले पनि धेरैको जिवन कष्ठकर बनाएको छ । घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामाग्री जलेर पूर्णरुपमा नष्ट भएका छन् भने परिवारको बिचल्ली भएको छ । विश्व वातावरणमा आईपरेको आगलागीको यीनै घटनाहरुको अवस्थालाई हामीले एजेन्सिको माध्यमबाट तस्बिरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: