काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय बढ्दो हुन्डी कारोबारमा सरकारको नीति नै दोषी भएको बताएका छन् । हरित जलवायु कोष सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया पुगेका अर्थमन्त्री शर्माले सोमबार आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै हुन्डीमार्फत् पैसा पठाउनुमा सरकारको कमजोर नीति नै दोषी रहेको बताएका हुन् ।
प्रवासी नेपालीहरुलाई हुन्डी कारोबार नगर्न सुझाव दिँदै अर्थमन्त्री शर्माले विदेशबाट पैसा पठाउने विषयमा सरकारको कमजोर नीतिलाई परिमार्जन गर्ने बताएका छन् । ‘रेमिट्यान्स पठाउने सवालमा पनि सरकारको नीति कमजोर छ । कमजोर नीतिलाई परिमार्जन गर्दै पैसा पठाउने व्यक्तिलाई तत्काल र दीर्घकालीन फाइदा हुने खालका नीति पनि बनाउँदै छौं ।’ अर्थमन्त्री शर्माले भने -‘वैधानिक बाटोबाट पैसा पठाउँदा देश र समाजलाई नै फाइदा हुने हो । नीति परिमार्जनपछि वैधानिक बाटोबाटै नेपाल पैसा पठाउन सहज वातावरण बन्नेछ ।’
दक्षिण कोरियामा हाल रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् आएका कामदार ४० हजारभन्दा बढी छन् । जसमध्ये आधा नेपालीहरुले हुन्डी कारोबारमार्फत पैसा पठाउने गर्छन् । ‘यहाँ रहेका सबैजना नेपालीहरुले वैधानिक बाटोबाटै पैसा पठाउने हो भने मासिन ६ अर्ब भन्दा बढी हुन्छ । तर, अहिले त्यसको आधा मात्रै रकम रेमिट्यान्समार्फत नेपाल आउने गरेको छ । अवैधानिक भएपनि रेमिट्यान्सभन्दा धेरै सस्तो हुने भएकाले पनि वैदेशिक रोजगारीमा जाने नेपालीहरुले पैसा पठाउका लागि प्राय हुन्डी कारोबार नै रोज्ने गर्छन् ।
दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीहरुले सन् २०१७ पछि मात्रै रेमिट्यान्समार्फत पैसा पठाउन थालेका हुन् । त्यसभन्दा अघि दक्षिण कोरियामा रहेका नेपालीहरुले अवैधानिक बाटोबाटै पैसा पठाउने गर्थे । रेमिट्यान्भन्दा हुन्डी एक लाखमा ५-७ हजार नै सस्तो पर्नेहुँदा धेरैले पैसा पठाउनका लागि हुन्डी कारोबार रोज्ने गरेको पाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्