काठमाडौं । महानगरपालिकाको २४ घण्टे अल्टिमेटमपछि काठमाडौं फनपार्कले कर तिरेको छ । कर नतिरे सिलबन्दी गर्ने भन्दै महानगरपालिकाले चेतावनीसहितको अल्टिमेटम दिएपछि फनपार्कले कर तिरेको हो ।
फनपार्कले बिहीबार ७ वर्षदेखिको १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार यो कर मनोरञ्जन करवापतको रकम हो ।
फनपार्कले साउनसम्मको बक्यौता तिरेको अधिकारीले बताए । ‘फनपार्कले बहाल कर भने समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको पाइएको छ’, उनले भने, ‘त्यसका लागि पनि परिषद्लाई ताकेता गर्छौं ।’ यसभन्दा अघि कर नतिरे काठमाडौं फनपार्क सिलबन्दी गर्ने महानगरपालिकाले चेतावनी दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्