×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशबाट मोबाइल ल्याउँदै हुनुहुन्छ ? लागू भयो यस्तो नियम…

PRIME CA

विदेशबाट मोबाइल ल्याउँदै हुनुहुन्छ ? लागू भयो यस्तो नियम…

३० भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मोबाइल फोनको अवैध आयातलाई निरुत्साहित गर्न नेपाल दुरसञ्चार प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी ‘मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) सुरु गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले आजैबाट विदेशी मुलुकबाट आयात हुने मोबाइल फोनहरुमा एमडीएमएस प्रणाली लागु हुने जनाएको छ ।

एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लागू गरेको एमडीएमएसको औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् । प्राधिकरणका अनुसार नेपालमा मोबाइल फोनहरुको अनाधिकृत आयात नियन्त्रण गर्न यो (एमडीएमएस) प्रणालीले महत्वपूर्ण भूमिका खेल्नेछ ।

यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन । प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वतः दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्नेछ । मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । त्यसका लागि MDMS.nta.gov.np मा गएर हेर्न सकिनेछ ।

त्यस्तै दुरसञ्चार प्राकिधरकणले मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ । यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ । जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । यस्तो छ प्राधिकरणको सूचना:

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: