Skip to content
LAXMI SUNRISE BANK

घरभाडा नतिरी भागे ओप्पोका चिनियाँ साहु !

अर्थ सरोकार

काठमाडौं । ओप्पो मोबाइल कम्पनीका चिनियाँ साहु घरभाडा नतिरी फरार भएका छन् । काठमाडौं महानगरपालिका ५ मा एक रोपनी जग्गा र त्यहाँ भएको दुईवटा घर र टहरा लिजमा लिएर ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर सञ्चालन भइरहेको थियो । तर, केही महिनादेखि कम्पनीका साहु घर खाली गरेर सम्पर्कविहिन भएका छन् ।

आफ्नो जग्गामा डि.एस. प्रा.लि (साविकका ओप्पो डि.एस प्रा.लि) ले तीन महिनादेखि घरभाडा नतिरेको घरधनी संगिता बस्नेतले बताएकी छिन् । उनका अनुसार कम्पनीका साहु घर खाली गरेर सम्पर्कविहिन भएका छन् । कम्पनीले २०७९ बैशाख १ गतेदेखि दुई वर्षको लागि घरभाडाको करारनामा नविकरण गरेको थियो । तर, सम्झौता नविकरण गरेको तीन महिनामै कम्पनीका साहु भाडा समेत नतिरी फरार भएका छन् ।

कम्पनीका साहु घरभाडा नतिरी फरार भएको थाहा पाएपछि कानुनी प्रक्रियामा जाने निर्णय गरेको घरधनी बस्नेतको भनाई छ । ‘कम्पनीले घर छोड्ने सूचना समेत दिएको छैन, घरको अवस्था भताभुंग छ’, उनले भनिन्, ‘सात दिनभित्र सम्पूर्ण दायित्वहरू पुरा गर्न कम्पनीलाई पत्राचार गरेको छु, सुनुवाई नगरे कानुनी प्रक्रियामा जान्छु ।’

कम्पनी रजिष्टार कार्यालयका उप-सचिव शेखर बाबु कार्कीका अनुसार उक्त कम्पनीका अध्यक्ष चिनियाँ नागरिक यु बाओ झाओ हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK