×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिकता विधेयक पारित गर्न माईतीघरमा प्रदर्शन, एक शुत्रीय माग- ‘विधेयकमा राजनीति गर्न पाइदैन’ (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

नागरिकता विधेयक पारित गर्न माईतीघरमा प्रदर्शन, एक शुत्रीय माग- ‘विधेयकमा राजनीति गर्न पाइदैन’ (फोटो-कथा)

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग राख्दै नागरिकता पीडितले धर्ना दिएका छन् । मंगलबार काठमाडौंको माइतिरघर मण्डलामा नागरिकताविहिन युवाहरुले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भन्दै चर्को नाराबाजीसहित धर्ना दिएका हुन् ।

नागरिकता सम्बन्धी कानून अघि नबढ्दा आफुहरु नागरिकताविहिन हुन पुगेको उनीहरुको गुनासो रहेको छ । उनीहरुले नागरिकता विधेयक, २०७९ शिघ्र राष्ट्रपतिद्वारा प्रमाणीकरण हुनुपर्ने एकशुत्रीय माग राखेका छन् । प्रदर्शनमा सहभागी युवाहरुले ‘बुबा-आमा दुवै नेपाली नागरिकताका सन्तान अनागरिक अहिलेसम्म ?’, ‘संविधानको धारा लागू गर’, ‘अनागरिक बनाउन पाइदैन’, ‘नागरिकता विधेयकमा राजनीति किन ?’ भन्ने पम्प्लेटसहित नाराबाजी गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: