×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको खुद नाफा ४८.६९ प्रतिशतले बढ्यो, ईपिएसमा पनि उल्लेख्य बढोत्तरी, यस्ता छन् अन्य सूचक (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकको खुद नाफा ४८.६९ प्रतिशतले बढ्यो, ईपिएसमा पनि उल्लेख्य बढोत्तरी, यस्ता छन् अन्य सूचक (विवरणसहित)

Artha Sarokar

२ आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंक लिमिटेडको नाफामा ४८ प्रतिशतले बढोत्तरी भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको तुलनामा ४८.६९ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने गतवर्ष सो नाफा बढेर २ अर्ब १५ करोड ९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, खुद ब्याज आम्दानी पनि २९.९७ प्रतिशतले बढेर ४ अर्व ५८ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ३.४१ प्रतिशत घटेर ९३ करोड २३ रुपैयाँमा आएको छ ।

त्यस्तै समिक्षा अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज भने ९१ प्रतिशतले बढेर २५ करोड ४६ लाख रुपैयाँबाट ४८ करोड ७० लाख रुपैयाँ पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात १.४० प्रतिशत रहेको छ । बैंकको कर्मचारी खर्च २२.९९ प्रतिशत तथा अन्य सञ्चालन खर्च ८.७८ प्रतिशतले बढेको छ । चुक्ता पुँजी ६.६५ प्रतिशतले बढेर १० अर्व ११ करोड रुपैंयाँ पुगेको यस बैंकको जगेडा कोषमा ५ अर्व १४ लाख रुपैयाँ र रिटर्न अर्निङमा १ अर्व ४६ करोड रुपैंयाँ सञ्चित रहेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ खर्व ३१ अर्व ६० करोड निक्षेप संकलन गरी १ खर्व २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपिएस) ६ रुपैयाँ १ पैसा बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ । यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.७४ गुणा, प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा, प्रतिसेयर कुल सम्पति मूल्य १६ सय ७१ रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी