×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गतवर्ष नेपालले ३० करोड बराबरको पानी विदेश पठायो

PRIME CA

गतवर्ष नेपालले ३० करोड बराबरको पानी विदेश पठायो

३ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालले गतवर्ष ३० करोड रुपैयाँ मूल्य बराबरको पानी विदेश निर्यात गरेको छ । नेपाल बोटल वाटर उद्योग संघको १२औँ साधारण सभामा आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट यो मूल्य बराबरको पानी विदेश पठाइएको जानकारी दिइएको हो ।

नेपालले पानी बेचेरै पनि मुलुकको समृद्धि गर्न सक्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले बताए । ‘हाम्रो देश आफैमा जलस्रोतको धनी देश हो । वर्षैनी हाम्रो पानीको ठूलो हिस्सा प्रयोगबिहीन भएर खेर जान्छ’, उनले भने, ‘सदुपयोग गर्न सक्ने हो भने यो हाम्रा लागि आम्दानीको महत्वपूर्ण स्रोत बन्न सक्छ । खासमा नेपालले भएको सम्पत्तीको प्रयोग गर्न नसकेको मात्र हो ।’ त्यस्तै उनले खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महँगो भएको र यसलाई चाँडो घटाउनुपर्नेतर्फ समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा बोल्दै श्रेष्ठले दशैं, तिहार तथा छठ पर्वका मुखमा मुलुकमा देखिएको तरलता अभावको सामना गर्नुपरेको बताए ।

यता नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गरेका छन् । ‘पानी अति आवश्यक वस्तु हो तर पानी व्यवसायीलाई ऐनले अपराधीका रुपमा हेरेको छ’, उनले भने, ‘यतिसम्मकी नागरिकको सहजताका लागि हिंड्ने पानी व्यवसायीलाई बेलाबखतमा ट्राफिक प्रहरीले पनि दुःख दिन्छन् ।’

हाल नेपालको पानी चीन, हङकङ, कतार, दुबई, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा बिक्रिवितरण हुँदै आएको छ । अहिले भने बोट्लर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्रान्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’ लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन् । २०६५ सालमा स्थापित नेपाल बोटल वाटर उद्योग संघमा काठमाडौंभित्रका १८२ र देशभरका ६०० भन्दा बढी कम्पनी आबद्ध छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: