×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्तिकमा ब्याज नबढ्ने, असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकर संघको सहमति

PRIME CA
GLOBAL IME BANK

कार्तिकमा ब्याज नबढ्ने, असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकर संघको सहमति

३१ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कार्तिक महिनामा बैंकहरु असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नेपाल बैंकर संघको सहमतिअनुसार वाणिज्य बैंकहरुले कार्तिक महिनामा पुरानै ब्याजदरलाई निरन्तरता दिने भएका हुन् । कात्तिक महिनामा वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर यथावत् राखेका छन् ।

बैंकिङ क्षेत्रको तरलता अभावलाई व्यवस्थापन गर्न भन्दै पछिल्लो केही समयदेखि बैंकहरुले ब्याजदर वृद्धिलाई निक्षेप संकलनको जुक्तिका रुपमा प्रयोग गर्दै आएका थिए ।

तर, ब्याजदर वृद्धिकै आधारमा निक्षेप नथपिने र अहिले बढाएको ब्याजदरले बढेको लागत आउँदो माघदेखि मात्र ब्याजदरमा जोड्न पाइने भएकाले कात्तिकमा ब्याजदर स्थिर राख्ने निष्कर्षमा बैंकहरू पुगेका हुन् ।

असोजमा ११.०३% रहेको ब्याज बैंकहरुले बढाएर १२.१३३% पुर्याएका थिए । बैंकर संघको सहमतिअनुसार अव कार्तिक महिनामा यही ब्याजदरले निरन्तरता पाउने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: