×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘समृद्धिको विकल्प राजनीति नै हो, ६५ वर्षको व्यवसायीक जिवनमा फेल नभएको राजनीतिमा पनि फेल हुन्न’ -बिनोद चौधरी

PRIME CA
GLOBAL IME BANK

‘समृद्धिको विकल्प राजनीति नै हो, ६५ वर्षको व्यवसायीक जिवनमा फेल नभएको राजनीतिमा पनि फेल हुन्न’ -बिनोद चौधरी

१ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति बिनोद चौधरी अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । मंसिर ४ गते हुने आमनिर्वाचनलाई लक्षित गर्दै चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा समस्या पहिल्याउँदै मतदाताका घर-घरमा पुग्दै छन् ।

दक्षिण एसियाकै एक मात्र डलर अर्बपति चौधरीले आफ्नो जीवनको ६५ बर्षमा कहिल्यै फेल नभएको बताएका छन् । ‘६५ बर्षको उमेरमा कहिल्यै फेर्ल नभएको म यहाँ बिकास गर्छु भन्ने अठोट लिएर आएको हुँ। बिकास गर्न सकिन भने फेल हुन्छु।’ चौधरीले भने -‘संघर्षको यतिका वर्ष फेल नभएको म यसपाली पनि फेल हुन्छु भनेर आएको होइन ।’

चौधरीका नेपालका विभिन्न ठाउँमा सफल व्यवसायहरु छन् । हजारौँको संख्यालाई रोजगारी दिएको चौधरी ग्रुपका प्रमुख समेत रहेका चौधरीले निष्ठा र विकासको राजनीति अहिलेसम्म कसैले गर्न नसकेको बताए । ‘व्यवसायीक जिवनमा व्यस्त भए पनि राजनीतिमा म पहिलेदेखि नै छु’, उनले भने, ‘संसदमा थिएँ, वडामा गएर चुनाव लडेँ, निर्विरोध भएँ ।’ वर्तमान राजनीतिक शैलीबाट विकास सम्भव नदेखेपछी आफु प्रत्यक्ष रुपमा राजनीतिमा आएको चौधरीले बताएका छन् ।

करिव २३ वर्षकै उमेरमा चौधरी ग्रुपको नेतृत्व सम्हालेका चौधरीले नेपालको पछिल्लो राजनीति विकास लक्षित नभएको बताए । ‘नेपाली जनताले चाहेको विकासको राजनीति हो। तर नागरिकले यतिका वर्षसम्म पनि त्यसको अनुभुति गर्न पाएका छैनन्’, उनले भने, ‘जबसम्म देश आर्थिक रुपमा समृद्धि हुँदैन तबसम्म विकास असम्भव छ । तर, आर्थिक एजेण्डालाई प्राथामिकतामा राख्न कुनै पार्टी गम्भीर छैनन् ।’

यसो त चौधरी यसभन्दा अघि सांसद समेत भईसकेका व्यवसायी हुन् । संसदमा रहँदा उनले व्यवसायसँगै निजीक्षेत्रका विभिन्न संघ संगठनहरुको समेत सफल नेतृत्व गरेका थिए । तर, उनले आफु संसदमा रहँदा जनताका लागि ठूलो लाभ हुनेगरी परिवर्तन गर्न नसकेको स्वीकारेका छन् । ‘म संसदमा रहँदासम्म मैले थुप्रै निजी क्षेत्रहरुको नेतृत्व गरेँ र सफल पनि भएँ । तर, जनता लक्षित परिवर्तन गर्न सकिन’ चौधरीले भने, ‘परिवर्तन गर्ने भनेको राजनीतिबाटै हो भन्ने कुरा मैले महसुस गरेँ र देशको आर्थिक, सामाजिकसँगै सांस्कृतिक विकासका लागि यो बाटो रोजेँ जसमा म सफल हुन्छु ।’ ‘बिजनेस म्यान भनेका पैसाको थैली मात्र हुन् भन्ने सोच राजनीतिक दलहरूले त्याग्नुपर्यो। भिजन र प्रभावकारी योजना भएकैले कुनै व्यवसायी सफल बनेको हुन्छ । उ सँग देश बनाउने आइडिया पनि हुन्छ ।’ -चौधरीले भने ।

निर्वाचनको प्रचारमा रहेका चौधरीले मुलुकको आर्थिक समृद्धि नै आफ्नो राजनीतिक सपना भएको बताएका छन् । चौधरीले व्यवसायीक तथा राजनीतिक जिवनबाट आफ्ना लागि केही खास सपना नभएको बताए । ‘नेपालबाट पढाइका लागि वार्षिक १ खर्ब रुपैयाँ विभिन्न देशका क्याम्पस र विश्वविद्यालयमा जाँदैछ’, उनले भने, ‘सो रकम नेपालमै रोक्नु मेरो लक्ष्य हो । नेपालमै विदेशका जस्तो अब्बल क्याम्पस र विश्वविद्यालय स्थापना गरेर यहाँबाट बाहिरिने खर्बाैं रुपैयाँ रोक्दै विदेशी पैसाचाहिँ भित्र्याउने मेरो सोच छ ।’

राजनीतिक अवस्था

२०७८ सालमा कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्य चुनिएका उनी आउँदो ४ मंसिरमा नवलपरासी-१ मा प्रतिनिधिसभा सदस्यका लागि ‘ब्यालेट भिडन्त’ गर्दैछन् ।

यो क्षेत्रमा कांग्रेसले पछिल्ला दुई निर्वाचन लगातार हारेको छ । र, जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी कांग्रेसका लागि चुनौती हुन् । २०७० सालमा बाहेक यो क्षेत्रमा त्रिपाठीले लगातार जित हासिल गर्दै आएका छन् । संसद छिर्ने प्रयासमा सफल हुन चौधरीले पाँचपल्टका विजेता त्रिपाठीलाई हराउनुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: