×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढी उपमहानगरपालिकाले एक सय २२ जना ज्येष्ठ नागरिकलाई तिर्थ यात्राका लागि मुक्तिनाथ पठायो

PRIME CA
GLOBAL IME BANK

धनगढी उपमहानगरपालिकाले एक सय २२ जना ज्येष्ठ नागरिकलाई तिर्थ यात्राका लागि मुक्तिनाथ पठायो

३ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । धनगढी उपमहानगरपालिकाले १२२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका मुक्तिनाथ पठाएको छ । वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरका १९ वटै वडाबाट एक सय २२ जना ज्येष्ठ नागरिकलाई उपमहानगरपालिकाले मुस्ताङको मुक्तिनाथ पठाएको हो ।

बिहीबार नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना र वडाध्यक्षहरुले संयुक्त रुपमा बाजागाजा र टिकासहित बिदा गरेका हुन् । ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार नै तिर्थयात्रामा पठाएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।

‘यो हाम्रो वार्षिक नीति तथा कार्यक्रममा स्वीकृत गरिएको योजना हो, सोही नीति अनुसार आज एक सय २२ जनालाई तिर्थयात्रामा पठाएका छौँ’, उनले भने, ‘आउने पुस्ताले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने धारणा पैदा होस् । यहाँका ज्येष्ठ नागरिकप्रती सम्मान गर्नलाई यो कार्यक्रम गरेका हौँ ।’

धार्मिक यात्रामा प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले ज्येष्ठ नागरिक छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ ।

भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: