×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीवार १ रुपैयाँ ६ पैसाले बढ्यो डलरको भाउ, हालसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा इतिहासकै कमजोर स्थितिमा 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहीवार १ रुपैयाँ ६ पैसाले बढ्यो डलरको भाउ, हालसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा इतिहासकै कमजोर स्थितिमा 

Artha Sarokar

३ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अमेरीकी डलरको भाउ निरन्तर उकालो लाग्दै गएको छ । बुधवारसम्म १३२ रुपैयाँ ८ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४८ पैसा रहेको अमेरीकी डलरको भाउ बिहीवार एकैदिन १ रुपैयाँ ६ पैसाले वृद्धि भएको छ ।

यो सँगै बिहीवार अमेरीकी डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ५४ पैसा र खरिददर १३३ रुपैयाँ १४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

अमेरीकी केन्द्रिय बैंकले ब्याजदर बढाएसँगै भारत लयात विशभरी रहेको अमेरीकी लगानी (पोर्टफोलियो) फिर्ता भइरहेको छ । भारतमा प्रत्यक्ष वैदेशिक लगानी बढीरहेको भएपनि पोर्टफोलियो लगानी फिर्ता हुँदा भारतिय मुद्रा निरनतर कमजोर बनिरहेको छ ।

पछिल्लो एक महिनायता डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा (भारु) इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी