×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको खुद नाफामा ४८.९८ प्रतिशतले बढोत्तरी, वितरणयोग्य मुनाफा साढे ४ अर्ब नाघ्यो

PRIME CA
GLOBAL IME BANK

एभरेष्ट बैंकको खुद नाफामा ४८.९८ प्रतिशतले बढोत्तरी, वितरणयोग्य मुनाफा साढे ४ अर्ब नाघ्यो

७ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको खुद नाफामा ४८.९५ प्रतिशतले बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले नाफामा ४८.९५ प्रतिशतले वृद्धि हुँदै ८६ करोड २२ लाख रुपैयाँ पुगेको जनाएको छ ।

समीक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २६.५४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ३२ प्रतिशत र सञ्चालन मुनाफामा ४८.८९ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । नाफासँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३९ पैसा बढेर ३६ रुपैयाँ ४३ पैसा पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ५.४५ प्रतिशत बढेको छ भने निक्षेप ०.६४ प्रतिशत र कर्जा १.७२ प्रतिशत बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: