×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको नाफा ४.८ प्रतिशतले बढ्यो, इपीएसमा भने गिरावट, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

गरिमा विकास बैंकको नाफा ४.८ प्रतिशतले बढ्यो, इपीएसमा भने गिरावट, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

१३ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणका आधारमा यो अवधिमा बैंकको खुद नाफामा ४.८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १८ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसवर्ष भने १९ करोड ३३ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.१० प्रतिशतले बढेर ७९ करोड ६२ लाख रुपैंयाँ पुगेको छ भने खुद फि एवं कमिसन आम्दानी २७.४ प्रतिशतले घटेर ८ करोड ४९ लाख रुपैयाँमा झरेको छ ।

बैंकले सार्वजनिक गरेको विवरणका अनुसार इम्पेरिमेंन्ट चार्ज भने १४ करोड ३० लाख रुपैंयाँबाट बढेर २८ करोड १२ लाख रुपयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च ०.३ प्रतिशतले घटेको छ भने अन्य संचालन खर्च १४.२० प्रतिशतले बढेको छ ।

त्यस्तै समीक्षा अवधिमा नाफा सामान्य बढे पनि प्रतिसेयर आम्दानी भने २० रुपैंयाँ ७ पैसाबाट घटेर १६ रुपैंयाँ ८४ पैसामा झरेको छ । यो अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २२.७४ गुणा, प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १२ पैसा छ । यस्तै, बैंकको प्रतिसेयर कुल सम्पतिको मूल्य १ हजार ७७९ रुपैंयाँ, तरलता अनुपात २२.८८ प्रतिशत तथा पुंजी कोष अनुपात १३.२६ प्रतिशत रहेको छ ।

यो अवधिसम्म बैंकको कुल चुक्ता पुँजी ४ अर्व ५९ करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्व ४९ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै बैंकको सेयर प्रिमियममा ४५ लाख १२ हजार रुपैयाँ तथा रिटेन्ड अर्निङमा ६६ करोड ३४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ६८ अर्व ९६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्व ८५ करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: