काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभाशं प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि १३.६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट बानेस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गर्नुपर्नेछ । सो प्रश्चात बैंकले प्रस्ताव गरेको लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।