काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांस पारित भएको छ । इन्स्योरेन्सको १२औँ वार्षिक साधारण सभाले प्रस्तावित ७.८३१७१ प्रतिशत लाभांश पारित गरेको हो ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई ७.४४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.३९१७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित सो लाभांश पारित गर्दै सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव समेत पारित गरेको छ ।
सभाबाट वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ भने लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०७७÷७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफ सहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने ÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।
सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति ,उनीहरुको पारीश्रमिक निर्धाण ,एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्