×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खाज फाइनान्सको समेत नाफा बढ्यो

PRIME CA
GLOBAL IME BANK

गोर्खाज फाइनान्सको समेत नाफा बढ्यो

१३ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ३३ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । फाइनान्सले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गतवर्षको तुलनामा यसवर्ष १०१.०५ प्रतिशत बढी नाफा आर्जन गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७८(७९ को सोही अवधिमा फाइनान्सले १ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, यसवर्ष भने फाइनान्सले सो को १०१.०५ प्रतिशत बढी नाफा आर्जन गरेको हो । समिक्षा अवधिमा फाइनान्सको सञ्चालन नाफामा पनि ७६.१९ प्रतिशतले वृद्धि भएको छ । योसँगै फाइनान्सको कुल सञ्चालन नाफा ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी ८ करोड ११ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, फाइनान्सको वितरणयोग्य नाफा ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

हाल गोर्खाज फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ७२ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा छ भने निष्किृय कर्जा अनुपात घटेर ७.४२ प्रतिशतमा कायम भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: