×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भारतसँग मल खरिदको सबै प्रक्रिया टुंगियो, एक महिनाभित्र ३० हजार मेट्रिकटन मल नेपाल भित्रिने

काठमाडौं । आगामी एक महिनाभित्र भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउने भएको छ । जीटूजी (सरकार–सरकार बीचको) खरिद प्रक्रियाको टुंगो लागेसँगै पहिलो पटक ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउने कृषि सामाग्रि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए । ‘खरिद प्रत्रिया सबै टुंगो लागेको छ। भुक्तानीको समेत प्रक्रिया टुंगियो’, उनले भने, ‘अब पहिलो पटकको मल एक महिना भित्रै नेपाल आईपुग्छ ।’ सो मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने कार्कीको भनाई छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद गर्ने गरी सम्झौता भएको छ । यो मूल्य ग्लोबल टेण्डरको फर्किन मूल्यका आधारमा गरिने मूल्यांकन भन्दा ५७.७७ डलरको आधारमा १.९४ प्रतिशत सस्तोमा मल किनिएको कम्पनीले जनाएको छ ।

खरिद गरिएको मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले ढुवानी गर्ने छ ।

२०७८ फागुनमा नेपाल र भारत बीच नेपालको कुल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म खरिदका लागि जीटूजी सम्झौता भएको थियो । जसअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार मेट्रिकटन मल ल्याइने छ । यस्तै चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग सम्झौताअनुसार खरिद गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: