काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय र नागरिक लगानी कोषलाई किस्ता वापतको ७३ करोड रकम बुझाएको छ । निगमले जहाज खरिद गरे बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।
निगमले जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको साँवा र ब्याज बापतको ५३ करोड नौ लाख ५५ हजार २ सय ८१ भुक्तानी गरेको निगमका सह–प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै निगमले बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता बापत नागरिक लगानी कोषलाई २० करोड रकम भुक्तानी गरेको निगमले जनाएको छ । निगमले वाइडबडी ए–३३० र न्यारोबडी ए–३२० जहाज खरिदका दुबै चरणमा गरेर करिब रु ३७ अर्ब ऋण लिएको थियो । सो ऋणको साँवा र ब्याज बढेर भुक्तानी दायित्व झण्डै ४५ अर्ब पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्