काठमाडौं । नेपाल इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश गरी कुल ४.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै सो लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।