×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बुधबारबाट सुरु भयो नेपाल संवत् ११४३, तस्विरमा हेर्नुहोस् उत्साहका खास झलकहरु…(फोटो-कथा)

काठमाडौं । बसन्तपुरमा विभिन्न कार्यक्रम गरी नेपाल संवत् ११४३ मनाइएको छ । नेपाल संवत्को अवसरमा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाः को प्रतिमामा माल्यार्पाण समेत गरिएको छ ।

बुधबार आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, साहित्यकार तिलकप्रसाद कायस्थलाई शंखधर पदक प्रदान गरेका हुन् । त्यस्तै कार्यक्रममा शङ्खधर बुलेटिनको समेत विमोचन गरिएको छ । त्यस्तै कार्यक्रममा नेपाल भाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यलाई चेक समेत प्रदान गरिएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ, महानगरका उप–प्रमुख सुनिता डङ्गोल लगायतको उपस्थिति रहेको थियो । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाः ले ११४३ पूर्व जनताको ऋण मोचन गरी यो सम्वत् प्रचलनमा ल्याएका थिए । नृेपाल संवत्१९२९ मा यो संवत्लाई राष्ट्रिय संवत्को औपचारिक मान्यता प्रदान गरी घोषण गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: