×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगमले आईओसीलाई २३ अर्ब बढी बक्यौता रकम तिर्न बाँकी, कुल ऋण ३३ अर्ब नाघ्यो

PRIME CA
GLOBAL IME BANK

नेपाल आयल निगमले आईओसीलाई २३ अर्ब बढी बक्यौता रकम तिर्न बाँकी, कुल ऋण ३३ अर्ब नाघ्यो

१ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल आयल निगमको कुल ऋण ३३ अर्ब बढी पुगेको छ । आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई मात्रै २३ अर्ब ६० करोड रुपैँया बक्यौता रकम तिर्न बाँकी देखिएको छ ।

यसो त निगमले ३ महिनाअघि नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण रकम जुटाएर आईओसीलाई भुक्तानी गरेको थियो । यो सँगै सरकार, राष्ट्रिय वाणिज्य बैंक र आईओसीलाई गरी हाल तिर्नुपर्ने रकम ३३ अर्ब ६० करोड पुगेको निगमले जनाएको छ । यद्यपी हाल निगमले आफु नाफामा रहेको दाबी गर्दै आएको छ ।

नेपाल आयल निगमले हाल नाफामा रहेको दाबी गरे पनि बक्यौता रकम भने घटाउन सकेको छैन । पछिल्लो तीन महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपनि आईओसीलाई तिर्नुपर्ने वक्यौता रकम उच्च भएकै कारण नेपालमा सो अनुसार मूल्य घटाउन नसकिएको निगमले जनाएको छ ।

हाल पेट्रोल, मट्टितेल, हवाई इन्धन बिक्रीमा निगम नाफामा छ । हाल निगमलाई डिजेलमा भने प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा नोक्सानी छ । यद्यपी आगामी १५ दिनमा ३९ करोड नाफा आर्जन गर्दै निगम २० महिनाको अन्तरालपछि नाफामा जाने देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: