काठमाडौं । नेपाल पर्यटन बोर्डले विदेश उड्ने विदेशी नागरिक तथा पर्यटकबाट सेवा शुल्क नलिने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बोर्डले हाल उठाइरहेको शुल्क नियमसंगत नभएको निश्कर्ष निकालेसँगै बोर्डले हाल उठाउँदै आएको सेवा शुल्क खारेज गर्ने भएको हो ।
यो सँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट विदेश उड्दा पर्यटकको टिकटमा जोडिने पर्यटन सेवा शुल्क हटाउन इन्टरनेसनल एयरलाइन्स ट्रान्सपोर्ट एसोसियसन (आईटा)लाई पत्राचार गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका अनुसार पर्यटन सेवा शुल्कको कोड हटेपछि हवाई टिकटमा सेवा शुल्क उठाउन पाइने छैन ।
यसरी हवाई टिकटमा जोडिने पर्यटन शुल्क खारेज भएसँगै बोर्डको आम्दानीको मुख्य स्रोत बन्द हुनेछ । बोर्डले नेपालबाट विदेश उड्ने विदेशी नागरिकबाट प्रतिटिकट १ हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर उठाउने गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा ५ लाख पर्यटक नेपाल आउने अनुमानसहित बोर्डले बजेट बनाएर कार्यान्वयन थालेको छ ।
अप्रिल १३ देखि २५ सम्म भएको नेपालको हवाई सुरक्षा अडिटका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सो सेवा शुल्क नियमसंगत नभएको भन्दै प्रश्न उठाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्