Skip to content
LAXMI SUNRISE BANK

दुर्घटना र कोरोनाका कारण ज्यान गुमाएका सञ्चयकर्ताका परिवारलाई कोषले बाँड्यो ४८ लाख

अर्थ सरोकार

काठमाडौं । कर्मचारी सञ्चय कोषले दुर्घटना र कोरोना माहामारीका कारण अकालमै ज्यान गुमाएका सञ्चयकर्ताको परिवारलाई ४८ लाख रुपैयाँ वितरण गरेको छ । कोषले असोज महिनामा दुई चरणमा गरी कूल २४ जना संचयकर्ताको परिवारजनलाई राहतस्वरुप सो रकम वितरण गरेको हो ।

राहत रकम प्राप्त गर्नेमध्ये ८ जना नेपाल प्रहरी र नेपाली सेनामा सेवारत सुरक्षाकर्मीको परिवार रहेको कोषले जनाएको छ । कोषका अनुसार प्रहरी जवानदेखि सहायक रथीसम्मका सञ्चयकर्ताको परिवारलाई राहत रकम वितरण गरिएको छ । राहत रकम प्राप्त गर्नेमध्ये पाँच जना शिक्षक, २ जना स्वास्थ्यकर्मीको आश्रित परिवार समेत रहेका छन् ।

मृतक २४ जनामध्ये नौ जनाको कोभिड १९ को संक्रमणका कारण, ७ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको कोषले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

संगठित क्षेत्रमा कार्यरत कर्मचारीहरूको नियमित आम्दानीबाट कोषमा नियमितरुपमा रकम बचत गर्ने कर्मचारीको सामाजिक सुरक्षाको लागी कोषले संचालन गरिरहेको विभिन्न सामाजिक कार्यक्रम अन्तर्गत दुर्घटनाबाट मृत्यु भएका संचयकर्ताको परिवारजनलाई समेत प्रति परिवार दुई लाख रुपैयाँको दरले राहत रकम वितरण गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK