×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्ताए इतिहासका एक शताब्दी: तस्विरमा हेर्नुहोस् १०३ वर्षमा निधन भएका जोशीको अन्तिम श्रद्धाञ्जलीका केहि झलकहरु…

PRIME CA

अस्ताए इतिहासका एक शताब्दी: तस्विरमा हेर्नुहोस् १०३ वर्षमा निधन भएका जोशीको अन्तिम श्रद्धाञ्जलीका केहि झलकहरु…

३० आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइतबार नेपाली इतिहासका शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो ।

नेपाली इतिहासका एक शताब्दी अर्थात जोशीको पार्थिक शरीररमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली प्रकट गरेका थिए ।

जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

वि.सं. १९७७ बैशाख ३० गते ललितपुरमा जन्मिएका जोशीको २०७९ आश्विन ३० गते १०३ वर्षको उमेरमा किस्ट मेडिकल कलेजमा निधन भएको थियो । जोशीको पार्थिक शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: