काठमाडौं । सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको धारणाप्रति मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिप्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यत्ति राख्दै मेयर शाहले ओलीलाई प्रश्न गरेका हुन् ।
‘तपाईबाट नै यस्तै धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न सक्नुभएन’, बालेनले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्री हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन ।’
त्यस्तै मेयर शाहले लामो समयदेखि सुकुम्बासीलाई राजनीतिक दलहरुले भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको आरोप लगाएका छन् । ‘सकुम्बासीहरु तपाईको लागि भोट बैंक मात्रै बने’, शाहले लेखेका छन्, ‘बरु सुकुम्बासीलाई आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो, त्यो पनि राजनीतिक स्वार्थवश् ।’
शाहले सामाजिक सञ्जालबाटै जनता, नदीनाला र नेवा सभ्यताको माया भए लुँहिटी(सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै ओलीलाई प्रश्न गरेका छन् ।
तर, अब परिस्थिति फेरिएको भन्दै शाहले ओलीलाई चेतावनी समेत दिएका छन् । ‘सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’ – शाहले लेखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्