×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विश्वप्रकाश शर्माले लिए ७ हजार मतको अग्रता, जित्ने निश्चितप्राय

झापा । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ७ हजार मतान्तरसहित अग्रता लिएका छन् । मंगलबार साँझसम्म गनेको ३६ हजार ६ सय ६४ मतमध्ये शर्माले १८ हजार ३ सय ७४ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले ११ हजार ३३१ मत पाएका छन् । शर्माले खरेलले भन्दा ७ हजार ४३ मत पाएका हुन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ३ हजार ६५३ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले जित हासिल गर्दा कांग्रेसका शर्मा पराजित भएका थिए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: