×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तकको नाफामा आकर्षक बढोत्तरी, ईपिएसमा पनि उल्लेख्य सुधार, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

छिमेक लघुवित्तकको नाफामा आकर्षक बढोत्तरी, ईपिएसमा पनि उल्लेख्य सुधार, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५३.७१ प्रतिशत बढी खुद नाफा कमाएको छ । फस्र्ट क्वाटरको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै लघुवित्तले नाफा मात्रै ३२ करोड ९१ लाख ८ हजार पुगेको जनाएको छ ।

अघिल्लो वर्षका समिक्षा अवधिमा लघुवित्तले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । हाल संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवैमा बढोत्तरी भएसँगै खुद नाफामा वृद्धि भएको हो ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको वितरणयोग्य नाफा २५ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी (ईपिएस)मा ९ रुपैयाँ ८४ पैसाले वृद्धि हुँदै ५६ रुपैयाँ ६४ पैसा पुगेको छ । त्यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ३ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: