काठमाडौं । जाँड खाएर झगडा गरेको आरोपमा मतदान अधिकृतको जागिर गएको छ । नवलपरासीमा खटाइएका एक मतदान अधिकृतले रक्सी खाएर झगडा गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई बर्खास्त गरेको हो ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई बर्खास्तीमा परेका हुन् ।
निर्वाचन सामाग्री बुझ्नेक्रममा रक्सी सेवन गरी मुख्य निर्वाचन अधिकृतसँग झगडा गरेको भन्दै चौधरीलाई बर्खास्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बर्खास्तीमा परेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्खास्तीमा परेका ५६ वर्षीय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्