सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले फराकिलो मतान्तर कायम गर्दै अग्रता हासिल गरेका छन् । राउतले मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्द्र यादवलाई १३ हजारभन्दा बढी मतले पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार राउतले २७ हजार ४७७ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी उपेन्द्र यादवले १३ हजार ६८३ मत प्राप्त गरेका छन् । राउतको यो अग्रतासँगै सप्तरी २ मा उनको जित पक्का देखिएको छ । योसँगै सीके राउतलाई मधेशको नयाँ नेताको रुपमा समेत हेरिन थालिएको छ ।
सप्तरी २ जनमतका सीके राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले सप्तरीका दुई स्थानीय तहमा जित हासिल गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्