×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक साताभित्रै कोरोना बीमाको दाबी भुक्तानी गर्ने बीमा समितिको तयारी, पहिलो प्राथामिकतामा सर्वसाधारण

काठमाडौं । लामो समयको पर्खाइपछि कोरोना बीमाका बिमितहरुले दाबी भुक्तानी पाउने भएका छन् । कोरोना बीमा गरेर दाबी भुक्तानी लिन बाँकी रहेका बिमितहरुले यही साताभित्रै भुक्तानी पाउने भएका हुन् ।

सरकारले पहिलो चरणमा १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै भुक्तानी गर्न लागिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । पौडेलका अनुसार सरकारले उपलब्ध गराएको १ अर्ब रुपैयाँमा समिति र कम्पनीहरुको ८१ करोड ८४ लाख थप गरी भुक्तानी दिइनेछ ।

‘भुक्तानीका लागि सम्पूर्ण तयारी भईसकेको छ । सरकारको निर्देशन र बिमितको क्रमांकका आधारमा रकम वितरण गरिनेछ’, पौडेलले भने, ‘रकम वितरणको काम यो साताभित्रै हुन्छ । पहिलो चरणमा सर्वसाधारण बिमितलाई प्राथामिकता दिइनेछ ।’ बीमा कम्पनीहरुले दाबी भुक्तानी रोकेको करिब डेढ वर्षपछि भुक्तानी सुरु गर्न लागेका हुन् ।

सरकारले कोरोना बिमा वापतको पैसा आफूहरुलाई जगेडा नगरिदिएको कारण बिमा समितिले २०७७ साल चैतदेखि कोरोना बिमा पोलिसि बन्द गरेको थियो । बिमा समितिका अनुसार हाल कोरोना बीमा वापतको कुल १० अर्ब ५२ करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । सो मध्येको १ अर्ब ८१ करोड ८४ लाख समितिले वितरणको तयारी गरेको छ भने बाँकी रकम सरकारले उपलब्ध गराएसँगै वितरण गरिनेछ ।

पहिलो चरणको दाबी भुक्तानी वितरण गर्ने काम मंगलबारदेखि बुधबार र बिहीबार हुने सम्भावना रहेको समितिले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: