Skip to content
LAXMI SUNRISE BANK

नेपालमा एकाविहानै भूकम्पको ठूलो झड्का, ६ जनाको मृत्यु !

अर्थ सरोकार

काठमाडौँ । एकाविहानै  सुदूरपश्चिमको डोटीमा गएको शक्तिशाली भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । विहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँको एक घर भत्काउँदा ६ जनाको मृत्यु भएको हो ।  गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार अन्य ५ जना घाइतेसमेत भएका छन्।
उनका अनुसार मृत्यु हुनेमा ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा छन् । यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको  छ । जिल्ला प्रहरी कार्यालय  डोटीका डीएसपी भोलाकुमार भट्टले घटनाको पुष्टी गरेका छन्।
प्रहरीका अनुसार, घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।
यस अघि मंगलवार रातीसमेत ४ दशमलव १ म्याग्निच्युटको भूकम्पको धक्का महसुस भएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK