×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अग्रवालको बर्खास्तिपछि ट्विटरको सिईओ बन्दै मस्क

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अग्रवालको बर्खास्तिपछि ट्विटरको सिईओ बन्दै मस्क

Artha Sarokar

१५ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत हप्तामात्रै ४४ अर्ब डलरमा ट्विटरको स्वामित्व लिएका एलन मस्क ट्विटरको सिईओ बन्ने भएका छन् । कम्पनीको बोर्ड बिघटन गर्दै मस्कले यस्तो निर्णय लिएका हुन् ।

मस्कले ट्विटरको केन्द्रीय कार्यालय प्रवेश गरेकै पहिलो दिन तत्कालीन सिईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल र लिगल एण्ड पोलिसी एक्जिक्युसटिभ विजया गाडेलाई बर्खास्त गरेका थिए । योसँगै मस्क ट्विटरको सिईओ बन्ने भएका हुन् ।

तीन अधिकारीमाथिको कार्वाहीको जरिवाना स्वरुप ट्विटरले कुल १ सय मिलियन डलर (करिब १३ अर्ब २५ करोड ४१ लाख रुपैयाँ) तिर्ने भएको छ ।

मस्क इलेक्ट्रोनिक कार निर्माता कम्पमी टेस्लाका सिईओ तथा विश्वकै धनाढ्य व्यक्ति हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी