×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहाँ, कस्तो ट्राफिक जाम छ ? अब गुगल म्यापमै यसरी हेर्नुहोस् विस्तृत जानकारी…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

कहाँ, कस्तो ट्राफिक जाम छ ? अब गुगल म्यापमै यसरी हेर्नुहोस् विस्तृत जानकारी…

काठमाडौं । ट्राफिकको अवस्था थाहा पाउने ‘गुगल लाइभ ट्राफिक’को सुविधा नेपालमा पनि सुरु भएको छ । योसँगै अब लाइभ ट्राफिकको अवस्था गुगल म्यापमा हेर्न सकिनेछ ।

गुगलले १५ वर्षअघि सुरु गरेको लाइभ ट्राफिकको सुविधा अव नेपालमा पनि सुरु भएको हो । गुगलले सन् २००७ मा पहिलो पटक सडकको रियल टाइम ट्राफिक अवस्था देखाउने फिचर ल्याएको थियो । यसभन्दा अघि अन्य देशहरुमा मात्रै गुगलले यो सेवा विस्तार गरेको थियो । गुगलले पछिल्लो अपडेट मार्फत नेपालमा यो ‘ट्राफिक लाइभ’सुविधा विस्तार गरेको छ ।

नेपालमा यो सेवा सुरु भएसँगै विभिन्न ठूला सहर तथा राजमार्गको ट्राफिक अवस्था गुगल म्यापबाटै हेर्न सकिने भएको छ । प्रयोगकर्ताले गुगल म्यापमा निश्चित गन्तव्य तय गरी नेभिगेसन सुरु गर्दा सडकको ट्राफिक अवस्थाको जानकारी देखिन्छ ।

गुगल म्याममा देखिने निलो कलरले जाम नभएको संकेत गर्छ भने पहेँलो कलरले व्यस्तताका बाबजुत पनि सडक सञ्चालनमा छ भन्ने संकत गर्दछ । त्यस्तै म्यापमा देखिने रातो कलरले ट्राफिक जाम भइरहेको संकेत गर्दछ । योसँगै अव घरमै बसीबसी आफ्नो रुटको ट्राफिक अवस्था थाहा पाउन सकिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: