×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेटा कम्पनीबाट हजारौँ कर्मचारी बर्खास्तीमा पर्दै, निकालिने कर्मचारीले कम्तिमा चार महिनाको पारिश्रमिक पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेटा कम्पनीबाट हजारौँ कर्मचारी बर्खास्तीमा पर्दै, निकालिने कर्मचारीले कम्तिमा चार महिनाको पारिश्रमिक पाउने

Artha Sarokar

२४ कार्तिक २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेटाका सीईओ मार्क जुकरबर्गले कम्पनीमा कर्मचारी कटौतीको प्रक्रिया सुरु गरेका छन् । कर्मचारी कटौतीको विषयलाई पुष्टी गर्दै जुकरबर्गले कम्पनीको गलत कदमका लागि आफु जिम्मेवार रहेको बताएका छन् ।

जुकरबर्गले कम्पनीको विकासमा अध्याधिक महत्वकांक्षी हुँदा आवश्यकताभन्दा बढी कर्मचारी नियुक्त गरेको वाल स्ट्रिट जर्नलको एक रिपोर्टले पुष्टी गरेको छ । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार जुकरबर्गले यो कुरा स्विकारेका छन् । योसँगै अव मेटामा हजारौँ कर्मचारीहरुको कटौती हुनसक्नेछ ।

यसरी कर्मचारी कटौतीको प्रक्रियामा निकालिने कर्मचारीले कम्तिमा चार महिनाको पारिश्रमिक पाउनेछन् । फक्स रिपोर्टका अनुसार कर्मचारी कटौतीको योजनाको आन्तरिक घोषणा अनुसार मेटाले कर्मचारी कटौतीको प्रक्रिया सुरु गरेको छ । मेटाले बुधबार कर्मचारी कटौतीको अन्तरिक घोषणा गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी