×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमालयपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले पनि उडान सुरु गर्ने, यस्तो छ तयारी…

काठमाडौं । हिमालयन एयरलायन्सपछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पनि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु गर्ने भएको छ । डिसेम्बर अन्तिमसम्ममा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी गरेको हो ।

हाल उडान सञ्चालनबारे अध्ययन भईरहेको छ । अध्ययन प्रश्चात कुन-कुन गन्तव्यमा उडाउने भन्नेबारे निर्णय हुने नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।

हाल गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । कात्तिक १७ गतेदेखि हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरका लागि दैनिक १ चार्टर्ड उडान संचालन गर्दै आएको छ ।

नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो । जसका कारण हिमालय एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको थियो । नेपाल एयरलाइन्सले पनि थप उडानका लागि भैरहवा विमानस्थलबाट उडान गर्न लागेको हो ।

प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ । विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि शतप्रतिशत छुट दिएको छ ।

यस्तै नेपाल वायुसेवा निगमले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको विमानस्थले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: