×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण, २१ तस्विरमा हेर्नुहोस् नियामकको ‘न्यु लुक्स’ (फोटो फिचर)

PRIME CA

बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण, २१ तस्विरमा हेर्नुहोस् नियामकको ‘न्यु लुक्स’ (फोटो फिचर)

अर्थ सरोकार

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार

काठमाडौं । बिमा कम्पनीको अनुगमन गर्ने संस्था बीमा समिति मंगलबारदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बीमा ऐन २०७९ अनुसार हालको बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको हो । भदौमा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो ।

समितिले बीमा प्राधिकरणको नामसहित नयाँ लोगो सार्वजनिक गरेको छ । यो सँगै बीमा समितिले गर्दै आएका सम्पुर्ण काम अब प्राधिकरणमार्फत हुनेछन् । समितिमा एक कार्यक्रमकाबीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा भएको हो ।

सोहि कार्यक्रमकाबीच नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आगामी मंसिर महिनामा अधिकांश बीमा कम्पनी मर्जरमा जाने बताएका छन् । मंगलबार प्राधिकरणको उद्घाटन गर्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रको सुदृृढिकरण र आवश्यकतालाई ध्यानमा राख्दै मंसिरमा मर्जर प्रक्रियाले गति लिने बताएका हुन् ।  बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: