Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को कुल चुक्ता पूँजी रु. १२ अर्ब ७० करोड ८७ लाख चार हजार एक सय १५ को ६.५० प्रतिशत अर्थात ८२ करोड ६० लाख ६५ हजार सात सय ७१ रुपैयाँ बोनस सेयर र कर प्रयोजनसमेत गरी १.५० अर्थात १९ करोड ६ लाख ३० हजार ५ सय ६२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

बैंकले प्रस्ताव गरेको सो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK