काठमाडौं । स्थानीय तहको निर्वाचनमा दलप्रतिको आक्रोशको प्रतिफल अधिकांश मत स्वतन्त्र उम्मेदवारलाई गयो । धनगढी, काठमाडौं र धरान लगायतका ठूला शहरहरुमा स्वतन्त्र उम्मेदवारले बाजी मारे । यस्तै, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले पनि कतै यस्तै परिणाम त दिने होइन ? भन्ने प्रश्न धेरैको छ ।
यसो त आइतबार सम्पन्न मतदानमा देशभरबाट करिब ६१ प्रतिशत मात्रै मतदान भएको छ । निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरण अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मात्रै मतदान गरेका छन् । यसरी कम मत खस्नुलाई धेरैले राजनीतिक दलप्रतिको तिक्तताको परिणामका रुपमा विश्लेषण समेत गरेका छन् ।
अहिले धेरैको ध्यान चितवन क्षेत्र नम्बर २, डडेल्धुरा तिर छ । जहाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दिएका छन् । यसो त मतदानभन्दा अघिको माहोलले पनि यी दुवैको जितको संकेत गरिसकेको छ । र मतदानपछि पनि धेरैले चितवनमा रवि लामिछाने र सागर ढकालको जित निश्चित भएको अभिव्यक्ति समेत दिएका छन् ।
चितवनमा घण्टीको पल्ला भारीः
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दिएको चितवन क्षेत्र नम्बर २ मा घण्टीको पल्ला भारी देखिएको छ । खासै अपेक्षित उत्साह नभएको मतदानमा अधिकांश मतदाताको संकेत घण्टी चिन्हका उम्मेदवार रवि लामिछाने तिरै तेर्सियो ।
‘नेताले देश बनाउलान् भनेर सोच्नु बेकार रहेछ’, मतदान गरेर फर्किदै गरेका एक युवकले भने, ‘विदेश जान रोक्लान् भन्दा उल्टै फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाउँछु भन्नेहरुबाट अब आश छैन ।’ यसो त चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतदान गर्ने अधिकांशको बोली प्रायः यस्तै सुनिन्छ । मतदान गरेर फर्किदै गरेका एक वृद्धले भने -‘हामी त मरिहाल्छौँ, भविष्य त आफ्ना सन्तानले बनाउने हो । जसले हाम्रा छोराछोरीलाई विदेश जानबाट रोक्न सकेन उसैलाई भोट हालेर के गर्ने ? त्यसैले यसपाली विदेशबाट फर्काउनेलाई भोट हालें ।’
यसरी मतदाताबाटै प्राप्त अभिव्यक्ति र रविको क्रेजका कारण चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित प्राय देखिएको छ ।
मतपरिणाम आठ दिनमाः
आइतबार प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि आइतबार साँझैबाट विभिन्न ठाउँमा मतगणना सुरु भएको छ । यसैबीच निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ८ दिनभित्रमा निर्वाचनको परिणाम सार्वजनिक गरिसक्ने बताएका छन् ।
आयोगको प्रारम्भिक अनुमान अनुसार देशभरबाट करिब ६१ प्रतिशतमात्रै मतदान भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्