×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री खाँणलाई पछि पार्दै राप्रपाका बोहोराको अग्रता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गृहमन्त्री खाँणलाई पछि पार्दै राप्रपाका बोहोराको अग्रता

Artha Sarokar

९ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुपन्देही । प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहोराले अग्रता कायमै गरेका छन् । बोहोराले गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पछि परेका हुन् ।

उनले २७ हजार ६ सय ३१ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले २७ हजार १ सय ५८ मत प्राप्त गरेका छन् । करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४ सय ७३ मतले पछि परेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले चार हजार ८८६ मतसहित तेस्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु ३२६९ मत पाएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी