×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचन आयोगले खरिद गरेको सेनिटाइजर स्वास्थ्य मापदण्ड विपरित, प्रयोग नगर्न कडा चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

निर्वाचन आयोगले खरिद गरेको सेनिटाइजर स्वास्थ्य मापदण्ड विपरित, प्रयोग नगर्न कडा चेतावनी

Artha Sarokar

१ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि आयोगले खरिद गरेको सेनिटाइजरमा विषाक्त केमिकलको मात्रा अत्याधिक भेटिएको छ । विषाक्त केमिकलको मात्रा बढी भएको सेनिटाइजरको प्रयोगले स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न कडा चेतावनी दिएको छ ।

निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा प्रयोगका लागि भन्दै ५०० एमएलको १० थानका दरले प्रत्येक मतदान केन्द्रमा ५ लिटरको सेनिटाइजर वितरण गर्ने तयारी गरेको थियो भने केही मतदान केन्द्रमा सेनिटाइजर पठाईसकेको थियो ।

तर, सेनिटाइजरमा विषाक्त केमिकलको मात्रा अत्याधिक रहेको पुष्ठी भएसँगै आयोगले सो सेनिटाइजर प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगले आफ्नो सिष्टममार्फत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई एसएमएस मार्फत सेनिटाइजर प्रयोग नगर्न सूचित गरेको हो । उक्त एसएमएसमा सेनिटाइजर प्रयोग गर्न योग्य नरहेको उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी