काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ३४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३४.८३ प्रतिशतले धेरै हो ।
कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा २५ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । युनिलिभरले यस त्रैमासमा समग्र उत्पादन तथा बिक्रीबाट २ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले समग्र उत्पादन तथा बिक्रीबाट १ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि २ करोड रुपैयाँबाट बढेर ४ करोड रुपैयाँ पुगेको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ९० करोड रुपैयाँ जम्मा भएको छ ।
यता, कम्पनीको प्रतिसेयर आम्दानी १ हजार ७२ रुपैयाँबाट बढेर १ हजार ७२४ रुपैयाँ भएको छ भने प्रतिसेयर नेटवर्थ पनि ३ हजार १०४ रुपैयाँबाट बढेर ४ हजार ३३७ रुपैयाँ कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्