काठमाडौं । युनिलिभर नेपालको २९औं वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा मंसिर २० गते हुने भएको हो । सभा होटल एभरेष्ट, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।
सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात प्रतिसेयर १२ सय १५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा छलफल समेत हुने भएको छ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा छलफल गर्ने एजेण्डा रहेको छ ।
साथै, कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतका सामाजिक र सामुदायिक परियोजनाहरुको खर्चहरु पारित गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ, मंसिर ३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्