काठमाडौं । नयाँ आर्थिक वर्षमा प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको भायानेट कम्युनिकेशन लिमिटेडले आईपिओ जारी गर्ने तयारी गरेको छ । इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडको नामबाट कम्पनीले आईपिओ निष्काशन गर्ने तयारी गरेको हो ।
आईपिओ निष्काशन गर्ने तिव्र तयारीमा रहेको भायानेटले अव छिट्टै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा भायानेटले सेवा प्रारम्भ गरेको थियो । सन् २०११ मा भायानेटले पहिलो पटक फाइबर-टू-द-होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेको हो ।
सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवा सञ्चालनमा ल्याएको थियो । भायानेट देशका ३० शहरमा विस्तारित भइसकेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्