×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभुसँग मर्जर प्रक्रियामा रहेको अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, सोमबारदेखि कारोबार पुन: सुरु हुने

काठमाडौं । प्रभु इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको अजोड इन्स्योरेन्सको सेयर कारोबार नेप्सेले फुकुवा गरेको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से)ले अजोडको आधारभुत सेयरधनी बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृयामा रहेको अजोडले सेयर कारोबार फुकुवा गर्न अनुरोध गरेसँगै नेप्सेले कारोबार फुकुवा गरेको हो । यो सँगै मंसिर १९ गते सोमबारदेखि कम्पनीको कारोबार पुनः सुरु हुनेछ ।

प्रभु इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको अजोडको गत साउन १ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । यी दुई कम्पनीबीच असार ३२ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो । प्रभु र अजोडबीच १००ः७० को अनुपातमा सेयर आदान प्रदान गरी मर्जर सम्झौता भएको थियो । इन्स्योरेन्सको शेयर कारोबार भने बिहीबार नै फुकुवा भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: