×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनको एक्सनपछि २७ वर्षपछि खुला भयो ‘उकुसमुकुस बागबजार’ (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

बालेनको एक्सनपछि २७ वर्षपछि खुला भयो ‘उकुसमुकुस बागबजार’ (फोटो-कथा)

२० मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंको व्यापारिक हवका रुपमा रहेको बागबजार वर्षौदेखि अस्तव्यस्त देखिन्थ्यो । एकातिर सडकका दुवै साइडमा गरिने पार्किङले सडक साँघुरो हुन्थ्यो भने बजार क्षेत्र निकै अव्यवस्थित देखिन्थ्यो । तर, पछिल्लो केही दिनयता बागबजारको स्वरुप परिवर्तन भएको छ ।

काठमाडौं महानगरपालिकाले वर्षौंदेखि पार्किङका रुपमा प्रयोग हुँदै आएको बागबजारमा पार्किङ पूर्णरुपमा निषेध गरेको छ । पार्किङ निषेध गरेसँगै महानगरले बागबजार क्षेत्रको सडक कालोपत्रे समेत गर्न भ्यायो । जसले ‘कुरुप बागबजार’लाई एकाएक ‘सुन्दर बागबजार’मा परिणत गरेको छ । यसो त बागबजार खुला हुँदा बागबजार सुन्दर मात्रै भएको छैन, बरु पैदलयात्रुलाई समेत निकै सहज भएको छ ।

योसँगै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई बागबजारका व्यापारीले समेत धन्वाद दिएका छन् । ‘वर्षौंदेखि फेरिन नसकेको बागबजारको मुहार मेयर बालेनले एक हप्तामै फेरिदिनुभयो’, एक व्यापारीले भने, ‘अहिले बागबजारको उकुसमुकुरबाट छुटकरा मिलेको छ । महानगरको यो कदमले ग्राहक घट्ने व्यापार सुस्ताउने हो कि भन्ने पिर छ । तर, दीर्घकालीन रुपमा यो काम स्वागतयोग्य नै छ ।’

त्यस्तै, बागबजार क्षेत्रमा हिँड्ने पैदालयात्रुले पनि पुरानो बागबजारलाई भन्दा परिवर्तन भएको बागबजार निकै सुन्दर र सहज भएको बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: