काठमाडौं । कम्बोडियामा आगलागी हुँदा एक नेपालीको ज्यान गएको छ ।
थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भीषण आगलागी हुँदा झापाको बिर्तामोड घर भएका ४० वर्षीय निराकर पाण्डेको ज्यान गएको हो । आफू बसेको होटलमा आगलागी भएपछि पाण्डे होटलको १२ तलाबाट हाम फालेका थिए ।
ज्यान जोगाउनका लागि झ्यालबाट हाम फालेका पाण्डेको बिहीबार बिहान करिब ४ बजेतिर मृत्यु भएको हो । हाल थाइल्याण्डस्थित नेपाली दुतावासमार्फत पाण्डेको शव नेपाल पठाउन समन्वय गरिरहेको गैरआवसीय नेपाली संघ (एनआरएनए) कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्काले बताएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त आगलागीमा परी १९ जनाले ज्यान गुमाईसकेका छन् भने दजनौँ बेपत्ता भएका छन् । त्यस्तै, हालसम्म ७० जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्